मोरङको पथरीमा आगलागी, एक करोड ५० लाख बढीको क्षति « Khabarhub

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाख बढीको क्षति


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनसहित त्यहाँ राखिएको अन्न नष्ट भएको छ ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो ।

मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने हुन पाएन  । आगो निभाउन पथरी शनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।

आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ४० बजे

‘महँगीले जनताको चुल्हो निभिसक्दा सरकार मुकदर्शक बन्यो’

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्को आडमा अत्यधिक महँगी

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं– नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर

काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा

अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा

बागलुङ– खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक