काभ्रेका पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ « Khabarhub

काभ्रेका पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– खानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छता मापदण्डका दश सूचक पूरा गरेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ विद्यालयका रूपमा परिचित भएका छन् ।

गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा सञ्चालित ‘भविष्यको लागि आधार’ परियोजनाअन्तर्गत सूचक पूरा गर्ने ती विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गरिएको छ ।

‘थ्री स्टार’ द्वारा परिचित विद्यालय माध्यमिकस्तरका हुन् । ती विद्यालयमा गाउँपालिकाको ५ नं वडास्थित अरनिको मावि र जागृति मावि, वडा नं ३ को बुद्ध हिमालय मावि, वडा नं ५ को सिर्जनाशील जनता मावि, वडा नं ६ को प्रभा मावि रहेका छन् । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटरएडसिविक फोरम नामका संस्थाले सघाएका थिए ।

पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वास्थ्य स्वच्छताको सुविधा, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् ।

यी १० सूचक पूरा गरेपछि तीनतारा घोषणा गरिएको फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले जानकारी दिए । उनका अनुसार सबै विद्यालयमा खानेपानी र सरसफाइको सुविधा एवं स्वच्छ वातावरणको विकास तथा प्रवर्द्धन गरी विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार्न आवश्यक छ ।

नेपालको संविधानमा मौलिक हकको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित, दिगो विकास लक्ष्य (एसडिजी)को ४ र ६ नं अन्तर्गत सबै विद्यालयमा सुरक्षित र व्यवस्थित खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान हुनुपर्ने गरी सूचकहरू तोकिएको छ ।

यस्तै विद्यालय क्षेत्र विकास योजना (२०७३–२०८०)ले पनि गुणस्तरीय शिक्षाका लागि स्वास्थ्य तथा पोषण अवयव’ अन्तर्गत विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाइको सुविधा र स्वच्छ वातावरणको आवश्यकतालाई महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : १५ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक