रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने « Khabarhub

रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूको समूह बनाउने निर्णय गरेको छ ।

मन्त्रीहरू र पार्टीबीच समन्वय गर्न गठित डा. स्वर्णिम वाग्ले  नेतृत्वको समन्वय समितिको आज बसेको बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो ।

महामन्त्री ढकाल र शिशिर खनाल सदस्य रहेको सो समितिले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय समेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको रुपमा सहभागी छन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : ५४ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको