सुस्मा हत्या प्रकरण : अभियुक्तले प्रयोग गरेका सामग्री सार्वजनिक « Khabarhub

सुस्मा हत्या प्रकरण : अभियुक्तले प्रयोग गरेका सामग्री सार्वजनिक


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा उनकै छिमेकी बर्ष २१ का रुपेन्द्र लामालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

बुढानिलकण्ठ उच्च माविमा १२ कक्षामा अध्ययनरत बर्ष १८ की सुष्मा लामाको शव प्रहरीले गत फागुन २४ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा जंगलमा फेला पारेको थियो ।

सोही घटनाको अनुसन्धानका गर्दा छिमेकी युवकले नै हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए । पक्राउ परेका लामाले युवतीलाई एकतर्फी मन पराएको र पटक पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए ।

अपराधपछि घटना लुकाउन प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोवाइल र किताव कापी पनि बरामद गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १ : ०३ बजे

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका