रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण « Khabarhub

रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुमपश्चिमका दुई हजार एक सय ६७ भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । जिल्लाका छमध्ये पाँच स्थानीय तहका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित लाभग्राहीलाई राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले निस्सा वितरण गरेको हो ।

जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा एक हजार ४३ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा एक सय आठ भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको भूमि आयोगका अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार चौरजहारी नगरपालिकामा चार सय ९६ तथा सानीभेरीमा तीन सय २४ र बाँफीकोट गाउँपालिकामा एक सय ९६ लाई निस्सा वितरण गरिएको छ । मुसीकोट नगरपालिकामा पहिचान भएका ५३ भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित लाभग्राहीलाई केही दिनभित्र निस्सा वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहको लगत सङ्कलन भई डाटाइन्ट्री सम्पन्न भइसकेको आयोगका भूमि विज्ञ सदस्य सुशील विष्टले जानकारी दिए । उनका अनुसार निस्सा प्राप्त गर्ने व्यक्ति उपर दाबी विरोध उजुरी गर्न भूमिहीन दलित र सुकुम्बासीलाई सात दिन र अव्यवस्थित बसोबासीलाई १५ दिनको सूचना प्रकाशन गरी छानबिन भइरहेको छ ।

त्यस्तै वडास्तरबाट भूमिहीनका लागि उपलब्ध गराउने जग्गाको छनोट तथा व्यस्थापन गरी स्थानीय तहबाट जिल्लामा पठाउने कार्य जारी छ ।

जिल्लामा अब भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने, जग्गा नाप जाँच गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको विज्ञ सदस्य विष्टले बताए । भूमिहीनलाई निस्सा वितरणसँगै भूकम्पपछि अस्थायी आवास निर्माण, सरकारी सेवा सुविधालगायत अन्य सेवा लिनसमेत सहज भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : ३२ बजे

पुरुषप्रति घृण फैलाउने फिल्म ‘रमिताको पिरती’ बनाएको भन्दै नायिका आनाविरुद्ध मुद्दा

काठमाडौं – लैङ्गिक विभेद र पुरुषप्रति घृणा फैलाउने फिल्म ‘रमिताको

निखिल शीर्ष नायक रहेको फिल्म ‘पारस’मा सुशीलको इन्ट्री

काठमाडौं – नायक निखिल उप्रेती शीर्ष भूमिकामा रहने फिल्म ‘परास’मा

मोरङ-६ मा शेखर र विनोदलाई टक्कर दिँदै रास्वपाकी रुबिना

काठमाडौं- औद्योगिक शहरको रूपमा रहेको विराटनगर नेपाली कांग्रेसको आधारभूमि हो

 शनिबार एनसेल एआईटीएम कार्निभल हुँदै 

ललितपुर– सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार (फागुन ९ गते) एनसेल एआईटीएम