टोखामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु « Khabarhub

टोखामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ । टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले आजदेखि मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो । उक्त अभियान टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा सुरु गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वास्थ्य बनाउनका लागि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । ‘विगतका दिनमा नगरपालिकाले सुरु गरेको अभियानमा उत्साहपूर्वक जनसहभागिता देखिएपछि मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिएका हौँ’,उनले भने ।

टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । पालिकाले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गरिसकेको उनले जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले उक्त अभियानका लागि टोखाले चालू आवमा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । टोखाले उक्त अभियानलाई विगत चार वर्षदेखि सञ्चालन गरिरहेको भन्दै यस वर्षका लागि आजदेखि सुरुवात गरिएको उनको भनाइ छ ।

उक्त अभियानलाई आगामी दिनमा टोखा–११ को सहरी स्वास्थ्य केन्द्रबाट पनि सुरु गरिने नगरपालिकाले जनाएको छ । अभियानअन्तर्गत ज्येष्ठ नागरिकको ‘होलवडी’ चेकजाँच गरिनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ०६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति