दीपाको निर्देशन क्षमतामाथि प्रश्न, प्रतिवाद गर्दै दीपक भन्छन– कामको जश नदिनु अन्याय « Khabarhub

दीपाको निर्देशन क्षमतामाथि प्रश्न, प्रतिवाद गर्दै दीपक भन्छन– कामको जश नदिनु अन्याय


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिने क्षेत्रमा दीपकराज गिरी र दीपाश्री निरौला (दीपक–दीपा)को जोडीको विशिष्ट स्थान छ । सानो पर्दादेखि ठूलो पर्दासम्म यो जोडीको सहकार्यले निरन्तरता पाएको छ । दर्शकको पनि राम्रो साथ पाएको कुरा उनीहरूले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा’का श्रृंखलाले नै प्रष्ट पार्छ ।

छक्का पञ्जा १, २ र ३ दीपाले निर्देशन गरेकी हुन् । यी फिल्ममा दीपकको नाम नायक र निर्माताका भूमिका सीमित छ । सोही कारण यो टिमलाई दीपकले निर्देशन गरे पनि दीपाको नाम निर्देशकका रूपमा राखिएको फिल्म निर्माण गरिएको आरोप लागेको छ ।

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ‘निर्देशक हराएको सूचना’ अन्तरक्रियामा दीपकले यो आरोप तथ्यहीन भएको दाबी गरे । यसरी टिप्पणी गर्नु निर्देशक प्रतिको अन्याय रहेको उनको ठहर छ ।

दीपक थप्छन्, ‘त्योसँग म सहमत छैन । यो कुरा चाहिँ निर्देशक प्रतिको अन्याय हो । दीपाजीको नाम मात्र हो दीपकले निर्देशन गर्छ भन्ने प्रतिक्रिया मैले पहिलादेखि नै सुन्दै आएको हुँ । यो कुराले दीपाजीलाई जति नराम्रो लाग्छ त्यो भन्दा बढी मलाई लाग्छ ।’

यद्यपि छायांकनमा क्रममा आफूले आवश्यक र विज्ञता राख्ने विषयमा निर्देशकलाई सल्लाह दिने आफ्नो बानी रहेको उनले बताए ।

उनले थपे, ‘सिनेमा भनेको सामूहिक कार्य हो । हाँक्ने काम निर्देशक हो । फिल्म राम्रो होस् भनेर म दीपा जी होस् वा अन्य निर्देशक सबैलाई म सल्लाह दिइरहन्छु । राख्ने–नराख्ने उहाँहरुको विचार हो । म चाहिँ कुनै दृश्यका बारेमा फरक सोच आयो भने निर्देशकलाई भन्छु, तर हस्तक्षेप गर्ने होइन ।’

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : २५ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै