नेसपा विवाद : बाबुराम पक्षले खारेज गर्‍यो यादव पक्षले गरेको एकता « Khabarhub

नेसपा विवाद : बाबुराम पक्षले खारेज गर्‍यो यादव पक्षले गरेको एकता


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो निर्णय गरेको भट्टराईको सचिवालयको भनाइ छ ।

नेसपा दोस्रो वर्यताका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकता गरेको पत्र आएको थियो ।

पत्रमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सह अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले निर्णय गरेका थिए ।   सहमतिमा भने माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका थिए ।

नेसपाबाट प्रतिनिधिसभामा यादवसहित २ सांसद छन् भने बागमती र गण्डकी प्रदेशसभामा पनि १–१ सांसद छन् । उनीहरू सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

तर यादवलाई पार्टीबाट हटाएर सांसद पद पनि खारेज गर्ने प्रक्रिया अगाडि बढेको छ । तर उनी माओवादी केन्द्रको निर्वाचन चिन्हबाट चुनाव लडेका थिए ।

यता यादव पक्षले पनि छुट्टै अनौपचारिक बैठक राखिरहेको बताइएको छ  ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ५९ बजे

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता