अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते  « Khabarhub

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते 


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु हुनुका साथै ३८ जना घाइते भएका प्रान्तीय अधिकारीले बताएका छन् ।

हेरात शहरबाट राजधानी काबुलतर्फ जाँदै गरेको यात्रुबाहक बस दुई जना सवार मोटरसाइकलसँग ठोक्किँदा दुवै जनाको मृत्यु भएको हेलमान्डस्थित ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । त्यसैगरी, दक्षिणी शहर कान्दाहारबाट हेराततर्फ जाँदै गरेको तेल ट्याङ्करसँग बस ठोक्किँदा दुबै सवारी साधनको गति अनियन्त्रित भई दुर्घटना हुनपुगेको हो ।

अफगानिस्तानमा खराब सडक, चालकको लापर्बाही र सडक कानुनको नियमनको कमीका कारण बर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।

प्रान्तीय सूचना विभागले सामाजिक सञ्जाल ‘एक्स’ मा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार बिहान एउटा ट्याङ्कर, मोटरसाइकल र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।’

हेल्मान्ड प्रान्तको ग्रिस्क जिल्लामा हेरात–कान्दाहार राजमार्गमा उक्त दुर्घटना भएको हो ।

हेलमान्डको गभर्नर कार्यालयका प्रवक्ता मोहम्मद कासिम रियाजले एएफपीलाई बताएअनुसार उक्त दुर्घटनाका कारण ती सवारी साधनहरू जलेका थिए ।

सूचना विभागले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा राजमार्गमा छरिएर रहेका मृतक र जलेका गाडीका अवशेष देख्न सकिन्छ ।

अधिकारीका अनुसार अहिले उद्धार तथा सफाईकर्मीहरूलाई भग्नावशेष हटाउने काममा लगाइएको छ ।

घाइतेमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २७ जना सामान्य घाइते भएका छन् ।

सन् २०२२ डिसेम्बरमा अफगानिस्तानको उच्च पहाडी क्षेत्र ‘सलाङ पास’ मा तेल ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनाका साथै दर्जनौँ घाइते भएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ४७ बजे

एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

काठमाडौं – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७

आदिवासी जनजातिको हक–अधिकार सुनिश्चित गर्न सांसदहरू प्रतिबद्ध

काठमाडौं– विभिन्न राजनीतिक दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार

इरान-अमेरिका वार्ता र रोक्का कोषबारे छलफल गर्न इरानी उच्च प्रतिनिधिमण्डल दोहामा

एजेन्सी– इरानका उच्चस्तरीय प्रतिनिधिमण्डल रोक्का गरिएको सम्पत्ति र अमेरिका–इरानबीच सम्भावित

एथलेटिक्स टोली हङकङ जाने

काठमाडौं– २२औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित