नेसपाका सहअध्यक्ष श्रेष्ठले भने, ‘केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गरेका हौँ’  | Khabarhub Khabarhub

नेसपाका सहअध्यक्ष श्रेष्ठले भने, ‘केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गरेका हौँ’ 


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरूले केन्द्रीय समितिले निर्णयलाई कार्यान्वयन गरेको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका उनीले खबरहबसँग भने, ‘व्याज हुने अवस्था छैन । हामीले मंसिर ६ गतेको चौथो केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गरेका छौँ ।’

मंसिर ६ मा बसेको नेसपा केन्द्रीय समितिको बैठकले माओवादी लगायत विचार मिल्ने पार्टीसँग एकता गर्ने भनिएको र आफूहरूले त्यही  निर्णय कार्यान्वयन गरेको श्रेष्ठको दाबी छ  ।

उनले केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यकारिणी समितिले  उल्टाउन नमिल्ने बताए ।

शनिबार नेसपा दोस्रो वर्यताका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकता गरेको पत्र सार्वजनिक गरेको थियो ।

पत्रमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सह अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले निर्णय गरेका थिए ।

सहमतिमा भने माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका थिए ।

नेसपाबाट प्रतिनिधिसभामा यादवसहित २ सांसद छन् भने बागमती र गण्डकी प्रदेशसभामा पनि १–१ सांसद छन् । उनीहरू सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

श्रेष्ठले तीन दशकदेखि आफू बाबुरामलाई साथ दिँदै आएको र अहिले पनि सम्बन्ध नटुटेको विचार मात्र फरक भएको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ५८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले