रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भए कञ्चनपुरका सिंह « Khabarhub

रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भए कञ्चनपुरका सिंह


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।

“पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे”, उनले भने, “त्यसपछि भागेर आएको हिँडे ।”

उन रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए । उनी अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए । परिवारका जेठा छोरा उनी ऋण तीर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए । घर फर्किंदा रित्तो हात हुनु परेको छ । “घरमा रु ३० लाख ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने रु २०÷३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो”, उनले भने, “परिवारको बाध्यताले युद्धको भूँमरीमा हामफालेँ तर सोचेकोजस्तो भएन ।”

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए । उनका अनुसार घर धितो राखेर रु सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन् ।

“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उनी भन्छन् , “दैनिक ५०÷६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।” मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश पुगेका हुन् । मस्कोमा एक दलाललाई रु दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनी बताउँछन् । “तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो”, सिंह भन्नुहुन्छ, “तर विमानमा दिल्ली आउँदा एक्लै थिए । पछि बुझ्दा एकजनालाई अध्यागमले समातेको रहेछ ।” रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : २१ बजे

सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने कुराले उत्साहित छौँ : अध्यक्ष पाण्डे

काठमाडौं- लामो समयदेखि रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको

सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल

काठमाडौं – ज्येष्ठ नागरिकका लागि कानुनमा सुनिश्चित गरिएका सुविधा प्रभावकारी