सांकेतिक तस्वीर ।

देश/प्रदेश

कैलालीमा एक बालक मृत फेला

By खबरहब

March 17, 2024

धनगढी। कैलालीमा एक बालक मृत भेटिएका छन्।

जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन्।

आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।