पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : विजयकुमार गच्छदार « Khabarhub

पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : विजयकुमार गच्छदार


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

इनरुवा – नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले बताएका छन् ।

नेपाली कांग्रेस सुनसरीले आज सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा नेता गच्छदारले कांग्रेस बलियो भएन भने लोकतन्त्र नै कमजोर हुने भएकाले लोकतन्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठीक ढङ्गले अगाडि बढाउनका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

पछिल्लो समय देशको राजनीतिक गतिविधि सही ‘ट्र्याक’मा अगाडि नबढेको उनले सुनाए । देशको राजनीतिलाई सही ट्र्याकमा अगाडि बढाउनका लागि कांग्रेसलाई मजबुत पार्टीका रुपमा स्थापित गर्न आवश्यक रहेको नेता गच्छदारले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, पार्टी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहता, दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार, पार्टीका सुनसरी उपसभापति पङ्कज महतो, सुनसरी सचिव वीरेन्द्रकुमार साहलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : ४७ बजे

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा