फिलिपिन्सका पूर्वअर्थमन्त्री ओकाम्पो र नेपाली अर्थविद्‌बीच अनुभव आदानप्रदान « Khabarhub

फिलिपिन्सका पूर्वअर्थमन्त्री ओकाम्पो र नेपाली अर्थविद्‌बीच अनुभव आदानप्रदान


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सका पूर्वअर्थमन्त्री डा. रोबर्टो एफ डे ओकाम्पो र नेपाली अर्थतन्त्रका सरोकारावालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्स्टिच्यूट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)को आयोजनामा डा. ओकाम्पो र नेपाली अर्थतन्त्रका सरोकारवाला तथा विज्ञहरूबीच अनुभव आदानप्रदान तथा समसामयिक विषयमा छलफल भएको हो ।

कार्यक्रममा फिलिपिन्सका पूर्वअर्थमन्त्री डा. ओकाम्पोले सन् १९९७ मा एशियाली अर्थतन्त्रमा देखिएको समस्या, सो समस्याबाट प्राप्त अनुभव र तत्पश्चात केही देशहरूले लिएको नयाँ आर्थिक नीतिबारे धारणा राखे ।

उनले आफू फिलिपिन्सको अर्थमन्त्री हुँदा आर्थिक क्षेत्रमा देखिएको सङ्कट सम्बोधन गर्ने प्रयासस्वरूपः अगाडि बढाएका कर प्रणालीमा सुधार, निजी क्षेत्रको भूमिका र भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक–निजी–साझेदारी (पीपीपी)बारे अनुभव साझेदारी गरे । अर्थतन्त्रका सङ्कट न्यूनीकरण गर्न फिलिपिन्सले विभिन्न विदेशी संस्थाहरूसँग पनि साझेदारीको सफल प्रयास गरेको डा. ओकाम्पोले उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूमध्ये पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमुख्यसचिवद्वय विमल कोइराला र शंकरदास बैरागी, पूर्वगभर्नर डा. तिलक रावल, आइएसएसआरका अध्यक्ष डा. विश्वम्भर प्याकुरेल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतले कार्यक्रममा आफ्ना जिज्ञासा तथा विचारहरू राखेका थिए ।

नेपाली सहभागीहरूले डा. ओकाम्पोको अनुभव साझेदारीबाट आफूहरूलाई लाभ भएको प्रतिक्रिया दिएका थिए । डा. ओकाम्पोले हरेक देशमा आफ्ना विशेषताका समस्या र विशिष्ट सम्भावना हुने भन्दै त्यसलाई पहिचान गर्न आवश्यक रहेको बताए । अर्थतन्त्रलाई अघि बढाउन राज्यको प्राथमिक क्षेत्र र राष्ट्रिय स्वार्थबारे स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपालको सन्दर्भमा पर्यटन तथा खनिज लगायतका के विषय हुन सक्छन्, पहिचान गर्न आवश्यक हुन्छ,’ ओकाम्पोले भने । पछिल्लो समयमा फिलिपिन्समा पनि नेपालको जस्तै युवा शक्ति पलायनको समस्या बढ्दै गएको उनले उल्लेख गरे ।

आइएसएसआरका निर्देशक नरेश श्रेष्ठले अतिथिहरूलाई स्वागत गरी कार्यक्रम आरम्भ गरेका थिए । अन्तरक्रिया कार्यक्रम सहजीकरण डा. विन्दुनाथ लोहनीले गरेका थिए ।

तस्बिरहरूः
 


 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ५३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल