असोजमा आठ वाणिज्य बैंकले कम ब्याज दिने « Khabarhub

असोजमा आठ वाणिज्य बैंकले कम ब्याज दिने


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरूले असोज महिनामा बचतकर्तालाई झनै कम ब्याज दिने भएका छन् ।

बैंकहरूले निक्षेपमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत कायम गरेका हुन् । केही बैंकहरूले भदौको तुलनामा असोजमा निक्षेपतर्फको ब्याजदर घटाएका छन् ।

असोज १ देखि लागू हुने निक्षेपतर्फको ब्याजदरमा २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् । दुईवटा वाणिज्य बैंकले ब्याजदर बढाउँदा १० वटाले भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।

असोज महिनाको लागि कायम भएको व्यक्तिगत निक्षेपतर्फको ब्याजदरमध्ये सबैभन्दा धेरै एनआइसी एशियाले ७.१८ प्रतिशत ब्याज दिने भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १२ : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली