मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै « Khabarhub

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा मिथिला क्षेत्रका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् ।

यस अवसरमा रामजानकी मन्दिरमा रामायण र श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि लागेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मानिन्छ ।

भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार रामायणमा विशेष वर्णित छ । मिथिलामा श्रीरामको आगमन, सीता स्वयम्वरमा सरिकता, सीतासँग विवाह र विवाह पश्चात मिथिलाका विभिन्न क्षेत्रमा भएका श्रीरामको भ्रमणका कथाले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ ।

महोत्तरीको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठ, जलेश्वरस्थित ब्रह्मचारीकुटी र बर्दिबासस्थित  रामजानकी मन्दिरसहित यहाँका बस्तीबस्तीमा श्रीराम जन्मोत्सव मनाइँदैछ ।

श्रीराम भगवान् विष्णुका अवतार मानिएर मात्र नभई ज्वाइँ विशिष्ट अतिथि मानिने मैथिल  परम्पराले पनि श्रीराम सम्बद्ध तिथि र उत्सव मिथिलामा सदियौँदेखि विशेष मानिदै आइएको सन्तहरू बताउँछन् ।

यसैगरी आज नै वासन्ती नवरात्रको अन्तिम दिन हो । देवी मन्दिरमा चण्डीपाठ र देवीपूजनका कार्यक्रम जारी छन् । हिन्दू परम्परामा असोज शुक्लपक्ष र चैत शुक्लपक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिदै आइएको छ ।

शरद ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । चैती दशहरा पनि भनिने यो पर्वमा देवी पूजन गरेर विसर्जन गरिने मैथिल परम्परा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : ५६ बजे

निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासनको आग्रह

रसुवा– जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने

प्रधानमन्त्रीसँग सुरक्षा अधिकारीले भने : हिमपात भए चुनाव गराउन मुस्किल पर्छ, मतपेटिका ओसार्न हेलिकप्टर चाहिन्छ

काठमाडौं- आगामी प्रतिनिधि सभाको निर्वाचन तयारी र हिमाली जिल्लाको वस्तुस्थिति

वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या

राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफ- अध्यागमन सुधारका प्रयास भइरहेको छ, 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास

सही सूचना प्रवाहबिना अर्थतन्त्र चल्दैन : अर्थमन्त्री खनाल

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही तरिकाले चल्नका लागि सही