गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु | Khabarhub Khabarhub

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

गाजासिटी– मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा  २५जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रत्यक्ष दर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि  धेरै मृत्यु भएको सीएनएनले जनाएको छ । यसै गरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिँदै चिच्याइरहेका छन् र मृत शरीरहरू व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् । 

सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो  शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउँदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका उजागर गरे ।  

अल–अक्सा शहीद अस्पतालबाट सीएनएनबाट खिचिएको फुटेजमा इमर्जेन्सी कक्ष हताहत र घाइते व्यक्तिहरूले  भरिएको देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए ।अस्पतालको भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ । 

अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पीडा सहन नसकी कराउँदै दुखका साथ  दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेको सीएनएनले रिपोर्ट गरेको छ ।  

इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मङ्लबार प्रकाशित रिपोर्टमा युएन वुमनलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

रिपोर्टमा युद्धको छ महिनामा गाजामा  दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको  सीएनएनले जनाएको छ । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : १३ बजे

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने