जनसचेतनका पाँच हजार बढी सदस्यलाई सहकारी शिक्षा  | Khabarhub Khabarhub

जनसचेतनका पाँच हजार बढी सदस्यलाई सहकारी शिक्षा 


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वरमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्ला ग्रामीण भेगका पाँच हजार भन्दा बढी सदस्यलाई वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिएको छ ।

संस्थाले ग्रामीण भेगका कुनाकाप्चाका सहकारीलाई बुझ्न नसकेका ९२ वटा टोलमा पुगेर पाँच हजार आठ सय ९० जना आफ्ना शेयर सदस्यहरूलाई टोल- टोलमा सहकारी जनसचेतनको प्रभावकारिता भन्ने नारा लाई साकार पार्ने उद्देश्यले वित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविर सञ्चालन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिए ।

संस्थाले तामाकोशी सेवा केन्द्रका चार सय २२ जना, मार्वु सेवा केन्द्रका पाँच सय ३२ जना, मिर्गे सेवा केन्द्रका आठ सय २७ जना सदस्यहरूलाई सहकारी तथा वित्तीय शिक्षा दिएको हो ।

त्यसैगरी पवटी सेवा केन्द्रका ५१ जना, काठमाडौं सेवा केन्द्रका एक सय १२ जना,चरिकोट सेवा केन्द्रका तीन सय छ जना, सांङ्वा सेवा केन्द्रका सात सय ४३ जना, बाबरे सेवा केन्द्रका चार सय ५० जना, वैतेश्वर सेवा केन्द्रका चार सय ४० जना, सुरी सेवा केन्द्रका तिन सय २८ जना लगायतका १७ सेवा केन्द्रका तीन हजार तिन सय १५ महिला र दुई हजार पाँच सय ७५ जना सदस्यलाई सहकारी शिक्षा अन्तर्गत सहकारीको आर्थिक गतिविधि, ऋण कारोबार, सञ्चालकको दायित्व, असल ऋणी बन्न सदस्यले देखाउने इमानदारिता, सहकारीमा सुशासन, कोष विभाजन तथा प्रयोजन, पुँजी परिचालन लगायतका सन्दर्भमा केन्द्रित रहेर सहकारी ग्रामीण गाउँ बस्तीका सदस्यलाई सहकारी शिक्षा प्रदान गरिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

सुबास बस्नेत

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : ३५ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)