जनसचेतनका पाँच हजार बढी सदस्यलाई सहकारी शिक्षा  « Khabarhub

जनसचेतनका पाँच हजार बढी सदस्यलाई सहकारी शिक्षा 


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वरमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्ला ग्रामीण भेगका पाँच हजार भन्दा बढी सदस्यलाई वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिएको छ ।

संस्थाले ग्रामीण भेगका कुनाकाप्चाका सहकारीलाई बुझ्न नसकेका ९२ वटा टोलमा पुगेर पाँच हजार आठ सय ९० जना आफ्ना शेयर सदस्यहरूलाई टोल- टोलमा सहकारी जनसचेतनको प्रभावकारिता भन्ने नारा लाई साकार पार्ने उद्देश्यले वित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविर सञ्चालन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिए ।

संस्थाले तामाकोशी सेवा केन्द्रका चार सय २२ जना, मार्वु सेवा केन्द्रका पाँच सय ३२ जना, मिर्गे सेवा केन्द्रका आठ सय २७ जना सदस्यहरूलाई सहकारी तथा वित्तीय शिक्षा दिएको हो ।

त्यसैगरी पवटी सेवा केन्द्रका ५१ जना, काठमाडौं सेवा केन्द्रका एक सय १२ जना,चरिकोट सेवा केन्द्रका तीन सय छ जना, सांङ्वा सेवा केन्द्रका सात सय ४३ जना, बाबरे सेवा केन्द्रका चार सय ५० जना, वैतेश्वर सेवा केन्द्रका चार सय ४० जना, सुरी सेवा केन्द्रका तिन सय २८ जना लगायतका १७ सेवा केन्द्रका तीन हजार तिन सय १५ महिला र दुई हजार पाँच सय ७५ जना सदस्यलाई सहकारी शिक्षा अन्तर्गत सहकारीको आर्थिक गतिविधि, ऋण कारोबार, सञ्चालकको दायित्व, असल ऋणी बन्न सदस्यले देखाउने इमानदारिता, सहकारीमा सुशासन, कोष विभाजन तथा प्रयोजन, पुँजी परिचालन लगायतका सन्दर्भमा केन्द्रित रहेर सहकारी ग्रामीण गाउँ बस्तीका सदस्यलाई सहकारी शिक्षा प्रदान गरिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

सुबास बस्नेत

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : ३५ बजे

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको