महिनावारीमा नगर्नुहोस् यी काम, हुन सक्छ रक्तश्रावदेखि संक्रमणसम्मकाे खतरा « Khabarhub

महिनावारीमा नगर्नुहोस् यी काम, हुन सक्छ रक्तश्रावदेखि संक्रमणसम्मकाे खतरा


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन हरेक महिना महिलालाई हुन्छ । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी वा काम छन् जो गर्नु हुँदैन ।

– फास्ट फूड खानु

महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खानु हुँदैन । यस्तो खाँदा शरीरलाई आवश्यक भिटामिन र मिनरल्स पाइँदैन र शरीर कमजोर हुन थाल्दछ ।

– पर्याप्त नसुत्नु

महिनावारीको क्रममा कम्तीमा पनि ८ घण्टा सुत्नु पर्दछ । अन्यथा पर्याप्त निन्द्रा पुगेन भने शरीरले आराम पाउँदैन । यस्तोमा टाउको दुख्ने र शरीर दुख्ने लगायतका समस्या हुन्छ ।

– व्रत बस्नु

महिनावारीका बेला शरीरलाई भिटामिन र मिनरल्सको आवश्यकता पर्दछ । त्यसैले यो बेला व्रत बस्दा शरीरले पोषण पर्याप्त पाउँदैनन् । यस्तोमा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

– शारीरिक सम्बन्ध राख्नु

कतिपय महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा केही नहुने तर्क गर्छन् । तर यो बेला शारीरिक सम्बन्ध राख्दा संक्रमणको खतरा बढ्ने गर्दछ । साथै पीडा पनि बढ्न सक्छ ।

– अत्यधिक व्यायाम गर्नु

महिनावारीको क्रममा अत्यधिक व्यायाम गर्दा शरीरमा रक्तसंचार बढ्ने गर्दछ । यस्तोमा पेट दुखाई र अत्यधिक रक्तश्राव पनि हुन सक्छ । तर व्यायाम नगर्ने भन्ने चाहिँ होइन ।

– सरसफाईमा ध्यान नदिनु

महिनावारीको क्रममा शरीरलाई सफा नराख्दा थुप्रै स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले प्याड, कपडा वा अन्य सामाग्री नियमित निर्मलीकरण वा सफा गरेर मात्र लगाउनु पर्दछ ।

– अन्य कुराहरु

महिनावारी हुँदा गुप्ताङ्गलाई धुन रासायनिक उत्पादनको प्रयोग गर्नु हुँदैन । यसले पीडा र संक्रमण बढ्ने खतरा निम्तिन सक्छ । यस अलावा महिनावारीका बेला धेरै मात्रामा कफी पिउँदा शरीरमा पानीको मात्रा कम हुन्छ । साथै पेट दुखाईको समस्या बढाउन सक्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : ११ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको