सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो « Khabarhub

सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति बिन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ ।

यद्यपि उनीहरूलाई कहाँ राखिएको भन्ने सेनाले बताएको छैन । म्यानमारमा गर्मीका कारण तापक्रम ३९ डिग्री पुगेको छ । यसै क्रममा आङ सानका वकिलले भेट्न कसैलाई पनि अनुमति नदिएको बताएका छन् । 

सेनाले म्यानमारमा १ फेब्रुअरी २०२१ मा विद्रोह गरेको थियो। यसपछि स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्ट लगायत धेरै नेताहरू पक्राउ परेका थिए । त्यसयता उनीविरुद्ध दर्जन बढी मुद्दा परेका छन् ।

यस्ता कैयौँ मुद्दामा उनी दोषी ठहर पनि भएका छन् । उनी हाल राजधानी नापितामा २७ वर्ष कैद भुक्तान गरिरहेकी छिन् । यसपछि सैन्य नेता जनरल मिन आङ ह्लिङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए । सेनाले देशमा २ वर्षे संकटकाल घोषणा गरेको थियो । तर, पछि बढाइएको थियो ।

नोभेम्बर २०२० मा म्यानमारमा आम चुनाव भएको थियो । जसमध्ये आङ सान सुकीको पार्टीले दुवै सदनमा ३ सय ९६ सिट जितेको थियो । नतिजा आएपछि सेनाले यसमा प्रश्न उठाउँदै सेनाले सुकीको पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाएको थियो । चुनावी नतिजा आएपछि सरकार र सेनाबीच मतभेद सुरु भयो, त्यसपछि सेनाले ‘कू’ गर्यो ।

पीस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार सन् २०२१ मा म्यानमारमा भएको ‘कू’पछि सेनाले ६ हजार मानिसको हत्या गरेको छ । म्यानमारले पनि आफ्ना विरोधीहरूलाई निरन्तर मृत्युदण्ड दिइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : ३१ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको