ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौँ : मन्त्री चौधरी | Khabarhub Khabarhub

ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौँ : मन्त्री चौधरी


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

इलाम– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताएकी छन् ।

इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । ‘हामीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेका छौं’, उनले भनिन् ।

आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै उनले संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको बताइन् । चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको उनले बताइन् ।

ज्येष्ठ नागरिकलाई २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था निरन्तर वितरण गरिँदै आएको भन्दै उनले अब छोराछोरीको दायित्वलाई जोडिने बताइन् । ‘छोराछोरीको पनि दायित्व आउनुपर्छ किनभने भोली त्यो सन्तान पनि त ज्येष्ठ हुन्छ, आजभोलि बुवा आमा बिर्सिने चलन बढेको छ’, मन्त्री चौधरीले भनिन्, ‘त्यसकारण त्यस्तो नहोस् भनेर छोराछोरी जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि उसको देखिएको आम्दानीको १० प्रतिशत आफ्नो बाबाआमालाई दिनुपर्छ भनेर ऐनमै व्यवस्था गरिएको छ, तर त्यसको कार्यविधि बनाउन बाँकी छ ।’

कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमार्फत लागू गरिने उनले बताइन् । त्यसले ज्येष्ठ नागरिकको सुरक्षा हुने उनको भनाइ थियो ।  सातै वटा प्रदेशमा ज्येष्ठ नागरिक होम बनाउने तयारी गरिएका भन्दै उनले भनिन्, ‘जसको कोही पनि छैन, पूर्णरूपले असहाय छ, आफन्त नभएकाहरूलाई राख्नका लागि व्यवस्था गर्ने,  अर्को ज्येष्ठ नागरिक दिवा मिलन केन्द्रको व्यवस्था गर्ने, त्यहाँ गएर भजन कीर्तन गर्ने, अनुभव साटासाट गर्ने, पालिकाहरूमार्फत त्यो काम अगाडि बढ्छ ।’

त्यस्तै जेलमा परेका बालबालिकाहरूका लागि काम गर्दै आएको उनले बताइन् । ‘कुनै परिबन्धमा परेर १८ वर्ष भन्दा कम उमेरमा जेलभित्र गयो, त्यस्ता बालबालिकाहरूलाई बाल सुधार गृहमा राख्ने व्यवस्था छ, त्यस्ता बालबालिकाहरूका लागि बाल सुधार गृहमार्फत् शिक्षा दीक्षाको व्यवस्था गरिएको छ, देशभर ९ वटामध्ये ४ वटा सरकारले जिम्मेवारी लिएको छ, अटिजम भएका बालबालिकाहरूका लागि शिक्षादीक्षाका लागि व्यवस्था गर्ने ऐनमा व्यवस्था गरिएको छ ।’

यसैगरी मन्त्री चौधरीले अर्थतन्त्र कमजोर हुँदा त्यसको सबैतिर असर परेको बताइन ।

 ‘विगतमा पुँजी चलायमान थियो, संस्थाहरू पनि कम थिए, तर अहिले संस्थाहरूको संख्या पनि धेरै भए, बजारमा व्यापार व्यवसाय पनि चलायमान भएनन्, जसको कारणले गर्दा अर्थतन्त्र कमजोर बन्न पुग्यो, त्यसले गर्दा यसको सबैतिर असर परेको छ ।’ अहिले विश्वमा भइरहेको द्वन्द्वका कारणले पनि अर्थतन्त्रमा असर परेको उनले भनिन् ।

मन्त्री चौधरीले दुर्गा प्रसाईँ जस्ता कतिपय व्यक्तिहरूका गतिविधिहरूका कारण पनि समाजमा सहकारी, बैंक, फाइनान्सप्रति नकारात्मक अवसर परेको बताइन् ।

लघुवित्त संस्था गरिबीको रेखामुनि रहेका विपन्न वर्गलाई घरदैलोमा पुगेर सेवा दिने कार्य भएको उनले बताइन् । 

जनताको घरदैलोमै गएर जनतालाई वित्तीय पहुँच प्रदान गर्नु वित्तीय संस्थाको उद्देश्य हो’, उनले भनिन्, ‘सानोतिनो व्यवसाय, काम गर्नका निम्ति थोरै पैसा आवश्यक हुन्छ, दुर्गा प्रसाईँले रिन छुट गरिदिऊँ भन्छन् तर छुट गरेपछि संस्था त डुब्छ, संस्था डुब्नु भनेको जनताको पैसा पनि डुब्नु हो ।’

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : ३९ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त