पाकिस्तानमा भारी वर्षाले ७१ जनाको मृत्यु, ६७ घाइते « Khabarhub

पाकिस्तानमा भारी वर्षाले ७१ जनाको मृत्यु, ६७ घाइते


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनाश मच्चाएको छ। विनाशको कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको  एक अधिकारीले बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण  ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन्  । घाइते हुनेमा ४१ जना रहेका छन् भने  एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् । 

 यसैगरी पूर्वी पञ्जाब प्रान्तमा  २३ जनाको ज्यान जानुका साथै  सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो  भने  अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।

कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ५ : १९ बजे

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की