'मनसरा'को ट्रेलर : लिम्बूनीसँग नजिकिएपछि प्रवीण र मेनुकाको घरझगडा | Khabarhub Khabarhub

‘मनसरा’को ट्रेलर : लिम्बूनीसँग नजिकिएपछि प्रवीण र मेनुकाको घरझगडा


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ। कमलादीमा बुधबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ । 

यो चलचित्र काठ क्षेत्रको परिवेश र त्यहाँ बस्ने सामान्य व्यक्तिहरूको कथामा आधारित रहेको बताइएको छ । ट्रेलरमा प्रवीण खतिवडालाई ब्राह्मण समुदायको युवाको भूमिकामा देख्न सकिन्छ । जो नेवार समुदायकी युवती (मेनुका प्रधान)सँग विवाह बन्धनमा बाँधिएका छन् । 

लिम्बू समूदायकी युवती (मिरुना मगर)सँग नजिकिएपछि प्रवीणको वैवाहिक सम्बन्धमा दरार आएको ट्रेलरमा देख्न सकिन्छ ।  काठ क्षेत्रमा छोरा लिएर बसेकी मिरुनालाई खोज्दै दायाहाङ राई शहर पसेको ट्रेलरमा देख्न सकिन्छ । समग्रमा कथा मिरुनाकै वरपर घुमेको ट्रेलरले संकेत गरेको छ । 

फिल्ममा प्रवीण, दयाहाङ, मेनुका, मिरुनासहित विप्लव प्रतीक, हेमन्त बुढाथोकी, लोकमणि सापकोटा, विद्या कार्की, बासु खनाल लगायतको अभिनय रहेको छ । फिल्म वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । 

कबड्डी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन्

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ५ : ५५ बजे

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा