गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन | Khabarhub Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । 

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसङ्घले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मशाल जुलुस सहित प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन् । 

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरूलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए ।

नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन् । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : ५० बजे

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा

महासंघले भन्यो : ‘सिधा कुरा’को समाचार रोक्ने सर्वोच्चको आदेश संविधानविपरीत

काठमाडौं– नेपाल पत्रकार महासंघले केही न्यायाधीशहरूलाई समेत मुछ्ने गरी ‘सिधा

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर– सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट  काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश

सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि