गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन « Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । 

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसङ्घले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मशाल जुलुस सहित प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन् । 

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरूलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए ।

नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन् । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : ५० बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको