एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई « Khabarhub

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालको प्रतिद्धन्दी बनेको हो ।नेपाल समुह ए मा अपराजित रहदै समुह विजेता बनेको छ ।

त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समुह बी मा समुह विजेता बनेको छ ।

ओमानले समुह चरणका चारै खेल जितेर अपराजित रहदै समुह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समुह बी को उपविजेता बनेको छ ।अब सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन् ।

आज नै भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो । गएराती आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८ ओभर खेलाइएको थियो ।

साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

प्रतियोगितको विजेता टोली एसिया कपमा छनोट हुने छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : १२ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट