भारी वर्षापछि दुबई बाढीको चपेटामा | Khabarhub Khabarhub

भारी वर्षापछि दुबई बाढीको चपेटामा


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

दुबई – कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ ।

संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो ।

प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर कारमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ । एक अधिकारीले यात्रीहरूलाई ‘अत्यावश्यक’ नभएसम्म अन्तर्राष्ट्रिय यातायातको दृष्टिले विश्वको सबैभन्दा व्यस्त दुबई विमानस्थलमा नआउन चेतावनी दिएका छन् ।

दुबई विमानस्थलका प्रवक्ताले भने, “उडानहरूमा ढिलाइ र मार्ग परिवर्तन जारी छ, हामी अत्यन्त चुनौतीपूर्ण अवस्थामा सकेसम्म चाँडो उडानहरू सञ्चालन गर्न अथक प्रयास गरिरहेका छौँ ।”

पहुँच मार्गहरू पानीले भरिएको र केही मेट्रो सेवा निलम्बन भएपछि कर्मचारी र यात्रीहरूले आउन र जान सङ्घर्ष गर्नुपरेका कारण दुबईको प्रमुख इमिरेट्स एयरलाइनले बुधबारको सबै ‘चेक–इन’ रद्द गरेको छ । विमानस्थलमा ट्याक्सीहरूको लामो लाइन लागेको छ र ढिलाइले यात्रीहरू यताउता गरिरहेका छन् । मङ्गलबारको मुसलधारे वर्षाले धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् ।


ओमानमा वितण्डा मच्चाएपछि सोमबार र मङ्गलबार संयुक्त अरब इमिरेट्स र बहराइनमा आँधी आएको थियो । ओमानमा बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको आकलन गर्ने विशेषज्ञ क्लाइमेटोलोजिस्ट फ्रेडरिक ओट्टोले विश्वव्यापी तापक्रमले आँधीलाई अझ खराब बनाएको हुनसक्ने अत्यन्त सम्भावना रहेको बताए ।

आधिकारिक सञ्चारमाध्यमका अनुसार सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापनाअघि सन् १९४९ मा रेकर्ड वर्षा सुरु गरिएयता यो सबैभन्दा ठूलो वर्षा थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : २५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले