भागबन्डा नमिल्दा कोशी सरकार बिस्तार अन्योलमा, आर्थिक मामिलामा अड्कियो हलो « Khabarhub

भागबन्डा नमिल्दा कोशी सरकार बिस्तार अन्योलमा, आर्थिक मामिलामा अड्कियो हलो



विराटनगर– सत्ता साझेदार दलहरूबीच भागबन्डामा कुरा नमिल्दा कोशी प्रदेशको मन्त्रिमण्डल बिस्तार अन्योलमा परेको छ।

प्रदेश सभाबाट विश्वासको मत लिएसँगै मुख्यमन्त्री हिक्मत कार्कीले एक साताभित्र मन्त्रिमण्डल बिस्तार हुने बताएका थिए ।

मुख्यमन्त्री कार्कीले मन्त्रालयको टुंगो लगाएर बिहीबार नै सरकार बिस्तारको योजना बनाएका थिए ।

तर आर्थिक मामिला तथा योजना मन्त्रालयमा एमाले र माओवादी केन्द्रबीच सहमति नहुँदा बिहीबार सरकार बिस्तारको योजना रोकिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा दुवै दलको दाबी रहँदै आएको छ । जसकारण  कोशी प्रदेश सरकार बिस्तार रोकिन पुगेको छ ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले आफ्नो पार्टीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान रहे पनि एमालेसँग सहमति हुन नसकेको बताए ।

एमालेले आर्थिक मामिला मन्त्रालयमा दाबी नछाडेपछि मन्त्रालयको भागबन्डा मिलाउन दुई दलबीच  बसेको बैठक बिनानिष्कर्ष टुंगिएको नेता गजुरेलले बताए ।

‘खास, खास विषय टुंगिसकेको छ, आर्थिक मामिला मन्त्रालय कसले लिने भन्नेमा मात्रै समस्या देखिएको छ,’ नेता गजुरेलले भने,‘ शुक्रबार पुनः छलफलमा बसेर यस विषयमा टुंगो लगाउने तयारीमा छौँ।’

आर्थिक मामिला मन्त्रालय पाएमा आफू मन्त्री हुनुपर्ने भन्दै माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले लबिइङ गरिरहेका छन् ।

तर, एमालेले आर्थिक मामिला मन्त्रालय सरकारको नेतृत्व गर्नेले नै राख्न उपयुक्त हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालय लिन माओवादीलाई आग्रह गरेको छ ।

एमालेले आर्थिक मामिला आफैंले लिनेगरि मौखिक सहमति भइसकेको एक नेताले बताए। माओवादी केन्द्रले सहमतिविपरीत त्यही मन्त्रालयमा दाबी गरेपछि समस्या भएको ती नेताले बताए ।

गत वैशाख २७ गते मुख्यमन्त्री बनेपछि कार्कीले त्यही दिन एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री बनाएका थिए । उनीहरूलाई अहिलेसम्म विभागीय जिम्मेवारी दिइएको छैन ।

माओवादीले आर्थिक मामिला मन्त्रालय नपाए उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय दिने सम्भावना छ ।

माओवादीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रिमण्डलमा समावेश भएकालाई नै पुनः मन्त्री बनाउने तयारी रहेको छ । यसअघिका उप्रेतीसहित राजेन्द्रकुमार कार्की र नारायणबहादुर मगर नै दोहोरिने तयारी छ ।

एमालेबाट पनि खोटाङका पाँचकर्ण राई, मोरङका लीलाबल्लभ अधिकारी र झापाका एकराज कार्की मन्त्री बन्ने निश्चित रहेको स्रोतले जनाएको छ ।

अहिले एउटा मन्त्रालय खाली राख्ने तयारीमा मुख्यमन्त्री कार्की छन् । सरकारलाई समावेशी बनाउन केही राज्यमन्त्री बनाउने तयारी छ । मन्त्रीका आकांक्षी एमालेका सिर्जना राई र निरन राई राज्यमन्त्री बन्ने सम्भावना छ।

यसअघि संविधानको धारा १६८९३० अनुसार मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीको सरकारमा सहभागी भएकाहरू नै यसपटक एमालेबाट अवसर पाउने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) हाल प्रतिपक्षमा बसेको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि आफूलाई मन्त्री बनाउनु पर्ने दबाब दिइरहेको बताइएको छ । 

त्यहीकारण एक मन्त्रालय खाली राख्नु परेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । 

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ११ : १० बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा