सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही « Khabarhub

सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन कब्जा हुनु लज्जाको विषय भएको बताएका छन्। 

नेपाल विद्यार्थी संघ, महिला संघ र तरुण दलका नेताहरूसँग आज धुमबाराहीमा आयोजित छलफलमा आफ्नो धारणा राख्दै नेविसंघका पूर्व उपाध्यक्ष एवम् महासमिति सदस्यसमेत रहेका शाहीले कांग्रेसलाई धम्की दिएर सदन कब्जा गर्ने चेस्टा नगर्न चेतावनी दिए। 

‘कुनै पनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन सक्दैनन्। हामीलाई धम्काएर संसद् कब्जा गर्दै गल्तिहरू ढाकछोप गर्छु भन्ने कुरा कसैले नसोचे हुन्छ’, उनले भने। सहकारीमा प्रकरणमा आफ्ना नेताहरू पनि मुछिने डरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रविको संरक्षण गरिरहेको शाहीको आरोप छ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीको बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरूले नमान्नु गम्भीर प्रकृतिको विषय बनेको बताए। जनता ठग्नेहरूलाई कांग्रेसले उन्मुक्ति नदिने उनको भनाइ छ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ११ : ११ बजे

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा