सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही « Khabarhub

सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन कब्जा हुनु लज्जाको विषय भएको बताएका छन्। 

नेपाल विद्यार्थी संघ, महिला संघ र तरुण दलका नेताहरूसँग आज धुमबाराहीमा आयोजित छलफलमा आफ्नो धारणा राख्दै नेविसंघका पूर्व उपाध्यक्ष एवम् महासमिति सदस्यसमेत रहेका शाहीले कांग्रेसलाई धम्की दिएर सदन कब्जा गर्ने चेस्टा नगर्न चेतावनी दिए। 

‘कुनै पनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन सक्दैनन्। हामीलाई धम्काएर संसद् कब्जा गर्दै गल्तिहरू ढाकछोप गर्छु भन्ने कुरा कसैले नसोचे हुन्छ’, उनले भने। सहकारीमा प्रकरणमा आफ्ना नेताहरू पनि मुछिने डरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रविको संरक्षण गरिरहेको शाहीको आरोप छ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीको बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरूले नमान्नु गम्भीर प्रकृतिको विषय बनेको बताए। जनता ठग्नेहरूलाई कांग्रेसले उन्मुक्ति नदिने उनको भनाइ छ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ११ : ११ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग