काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय माग गरेपछि प्रतिनिधि सभाको बैठक केही समयलाई सरेको छ ।
बिहीबार तनावबीच स्थगित भएको बैठक संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने गरि बोलाएको थियो ।
तर नेपाली कांग्रेस विपक्षी दलहरूसँगको छलफलमा व्यस्त भएपछि प्रतिनिधि सभाको बैठक केही समयलाई सरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
बिहीबार अपरान्ह ४ बजेपछि बसेको बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएका थिए।
त्यही बेला सभामुख देवराज घिमिरेले बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि सत्ता र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भएको थियो ।
प्रतिक्रिया