अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित « Khabarhub

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य इन्सार अवार्डबाट सम्मानित भएकी छिन् ।

उनी अन्तर्राष्ट्रिय अटिजम अध्ययन सोसाइटी (इन्सार) को अनुसन्धान तथा बहस अवार्डबाट सम्मानित भएकी हुन् । अटिजम प्रभावित समुदायका सदस्य तथा अटिजमको क्षेत्रमा काम गरेर अटिजमको बारेमा सचेतना, अध्ययन र अनुसन्धान बापत उक्त अवार्ड प्रदान गर्ने गरिन्छ ।

डा. मलेकु अमात्यले अटिजमको बारेमा गरेको अध्ययन अनुसन्धानले नेपालको अटिजमको क्षेत्रमा पुगेको योगदानको कदर गर्दै उक्त अवार्ड दिइएको हो । सन् २०११ देखि यो सम्मान प्रदान गर्न सुरु गरिएको हो ।

यो अवार्ड २०११ मा पोर्टिआ इवर्सन, एरिक लन्डन, कारेन लण्डन र जो शेस्टाकले २०१२ मा टेम्पल ग्रान्डिन, २०१३ मा डेम स्टेफिन शिर्ले, २०१४ मा पिटर बेल, २०१५ मा मेरि बरुवा, २०१६मा थोमस इन्सेल, २०१७ मा अलिसन सिंगर, २०१९ मा डेबोराह हिलिब्राण्ड, २०२१ मा जोह्न ए रोबिन्सन, २०२२ मा जेम्स एच साइमन्स र मर्लिन हावरिस साइमन्स, २०२३मा हाराल्ड निरल्यान्ड र २०२४ मा पिटर मुन्डील लाइफटाइभ अचिभमेन्ट र डा. सुनिताले अध्ययन र बहश अवार्ड प्राप्त गरेका हुन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : ०३ बजे

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा

एजेन्सी- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका