रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी « Khabarhub

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाले लगाएको आरोपको खण्डन गरेकी छन् ।

दक्षिण कोरिया र अमेरिकाले युक्रेनविरुद्धको युद्धका क्रममा उत्तर कोरियाले रुसलाई हतियार दिएको आरोप निराधार रहेको बताएकी हुन् । 

उत्तर कोरियाको सरकारी समाचार च्यानल केसीएनएका अनुसार किम यो जोङले रुसलाई हतियार दिएको भनेर आएका कुरालाई  बेतुकका भनिन् । 

जोङले भनिन्, ‘उत्तर कोरियाले देशको सुरक्षाका लागि हतियार बनाएको हो, अरु कुनै देशलाई बेच्न होइन ।’

किमकी बहिनीको यो भनाइ यस्तो बेला आएको छ, जब अमेरिकाले ३ रुसी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियालाई रुससँग हतियार सम्झौता गरेको आरोप लागेको थियो ।

संयुक्त राष्ट्र (संयुक्त राष्ट्र) ले उत्तर कोरियाको हतियार खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ। अमेरिका र पश्चिमी देशहरूले लगातार रुसले उत्तर कोरियाबाट सैन्य प्रविधि र आर्थिक सहायताको बदलामा युक्रेन युद्धका लागि तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारहरू खरिद गरेको आरोप लगाउँदै आएका छन् ।

यस अघि दक्षिण कोरियाले मार्चमा दावी गरेको थियो कि उत्तर कोरियाले जुलाई २०२३ देखि मार्च २०२४ सम्म हतियारले भरिएका ७ हजार कन्टेनर रुस पठाएको दाबी गरिएको थियो । बदलामा ९ हजार रुसी कन्टेनर उत्तर कोरिया आएको समेत बताइएको थियो । यी खाद्यान्न अभावबाट पीडित उत्तर कोरियालाई सहयोग गर्ने वस्तु भएको दाबी गरिएको थियो।

यसैबीच वाशिङ्टनमा बसेका विज्ञहरूले उत्तर कोरियाले हतियार पठाउने बदलामा स्याटलाइट प्रविधि प्राप्त गरेको दाबी गरेका छन् । उत्तर कोरियाले हालै आफ्नो सेनाका लागि २४० एमएमको रकेट लन्चर बनाउने बताएको थियो, जसले आफ्नो युद्ध लड्ने क्षमता बढाउनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : २६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण