चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने « Khabarhub

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु आर्थिक वर्षमा सेवा क्षेत्रको समग्र वृद्धि ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ ।

सेवा क्षेत्रतर्फ यातायात तथा भण्डारण उपक्षेत्रको वृद्धिदर उच्च रहने एवम् थोक तथा खुद्रा व्यापार लगायत सवारी क्षेत्रको वृद्धिमा समेत सुधार भएको राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको छ ।

पछिल्लो समय कोभिड पूर्व भन्दा पर्यटक आगमन संख्यामा उल्लेख्य विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

‘सन् २०२४ को चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै एक लाख थप पर्यटक भित्रिएका छन्’, राष्ट्र बैंकले समीक्षामा भनेको छ, ‘यसबाट रोजगारी र आयआर्जनमा टेवा पुग्ने र निर्माणाधीन एवम् निर्माण गर्ने योजनामा रहेका होटललगायत पर्यटन क्षेत्रमा लगानी बढ्ने देखिएको छ ।’

भ्रमण आयसमेत उल्लेख्य बढ्दै गएकोले आउँदा दिनमा आर्थिक गतिविधि चलायमान बनाउन पर्यटन क्षेत्रको योगदान बढ्ने देखिएको राष्ट्र बैकले बताएको छ ।

याे पनि…
मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ३ : ३६ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी