कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित, अब शनिबार बालुवाटारमा बस्ने | Khabarhub Khabarhub

कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित, अब शनिबार बालुवाटारमा बस्ने


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको वार्ता स्थगित भएको छ ।

संसद्‌मा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्रीको पहलमा संसद्‌मा आन्दोलनरत प्रतिपक्षी कांग्रेससँग हुन लागेको छलफल स्थगित भएको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग हुने भनिएको छलफल स्थगित भएको बताए । तर त्यसको कारण भने उनले खुलाएनन् ।

उता प्रधानमन्त्रीको सचिवालयले भने दाँतको उपचारका लागि फलोअपमा वीर अस्पताल जानु परेकाले आज तय भएको वार्ता स्थगित भएको जनाएको छ ।

लेखककाअनुसार अब प्रधानमन्त्रीसँग शनिबार बिहान साढे ८ बजे सरकारी निवास बालुवाटारमा संवाद हुने उनले बताए ।

प्रधानमन्त्रीले शुक्रबार साँझ ६ बजे कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका थिए । तर प्रधानमन्त्री सत्ता पक्षीय नेताहरूसँग रणनीति तय गर्न जुटेका छन् ।

यसअघि शुक्रबार बिहान कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका थिए ।

 

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ७ : ०७ बजे

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर

राष्ट्रपति पौडेलले गरे पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई बिदाइ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिकमा भाग लिने खेलाडीहरूलाई बिदाइ

त्रिशूलीमा बेपत्ता यात्रुको शव नारायणीले बगाएर भारत पुर्‍यायो

चितवन- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. शाक्य नियुक्त

काठमाडौं- नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. किरण