धनमाल चोरीमा संलग्न रहेकाे आराेपमा छ जना पक्राउ « Khabarhub

धनमाल चोरीमा संलग्न रहेकाे आराेपमा छ जना पक्राउ


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको खोकना स्थित एक घरमा कोही नभएको बेला गहना र आइफोन चोरीमा संलग्न केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङ्गको घरमा कोही नभएको समयमा सुन चाँदीका गरगहनाहरू, नगद तथा आइफोन चोर्ने दुईजनालाई बिहीबार पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा रामेछाप घर भई ललितपुरको खुमल्टार बस्ने कमल थापा मगर र धनलाल मगर रहेका छन् । उनीहरूले गत वैशाख ७ गतेदेखि ९ गतेको बिचमा उक्त घरबाट सामाग्रीहरू चोरी बिक्री समेत गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ घर भई काठमाण्डौँका बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने सुवास सुनार र सोही नगरपालिका ५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीमा सुन–चाँदी पसल संचालन गरी बस्ने रेशम बि.क पनि पक्राउ परेका छन् ।

रमेश र कमलले आफूले चोरी गरेका धनमाल सुवास र रेशमलाई बिक्री गरेका थिए । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला परिसर ललितपुर पठाइएको छ ।

यस्तै चोरी भएका आइफोन र मोबाइल किनबेच गर्ने काठमाडौंको टोखा नगरपालिका घर भई काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने योगेश डाँगी र सप्तरीको सुरुंगा नगरपालिका घर भई काठमाडौंको कलकीं बस्ने मोहम्बर समिर पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ७ : ४१ बजे

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर