तीन दिने विद्यार्थी महोत्सव : आन्दोलनबाट उठेको छविलाई सिर्जनशील अभियानतिर लैजाने प्रयास | Khabarhub Khabarhub

तीन दिने विद्यार्थी महोत्सव : आन्दोलनबाट उठेको छविलाई सिर्जनशील अभियानतिर लैजाने प्रयास


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट अनेरास्ववियुले काठमाडौंमा तीन दिनसम्म आयोजना गरेको विद्यार्थी महोत्सव–२०८१ बिहीबार सकिएको छ ।

भृकुटीमण्डपमा चलेको उक्त महोत्सवमा देशभरका विद्यार्थीहरू सहभागी भए । विद्यार्थी वर्गमा राँके जुलुस र इँटा-ढुंगा बोकेर सडक आन्दोलन गर्ने संगठनको छविलाई परिवर्तन गर्दै नयाँ विचारधाराको रचनात्मक र सिर्जनशील विद्यार्थी संगठन निर्माणतिर लैजान बल दिएको आयोजकले जनाएको छ ।

अनेरास्ववियु अध्यक्ष समिक बडालका अनुसार यो महोत्सव १ लाख बढीले अवलोकन गर्ने अनुमान थियो । तर सोचेभन्दा धेरै सहभागी भएपछि आफूहरू उत्साहित भएको बडालले बताए ।

विद्यार्थी महोत्सव–२०८१ विद्यार्थी आन्दोलनको ‘प्याराडिज्म सिफ्ट’ को एक महत्वपूर्ण घटनाक्रम बनेर रहनेमा अध्यक्ष बडाल विश्वस्त छन् । महोत्सवमा विभिन्न विश्वविद्यालयको जानकारी राखिएको थियो । त्यस्तै लोकप्रिय ब्यान्डले सांगीतिक प्रस्तुत पनि दिए ।

‘विद्यार्थी आन्दोलनको जीवनमा एक नवीनतम प्रयोग थियो विद्यार्थी महोत्सव । देशमा केही गर्नुपर्दछ र केही गर्न सकिन्छ भन्ने आशा जगाउने अभियान थियो । ‘आई हेट पोलिटिक्स होइन, आई केयर पोलिटिक्स’ भन्ने नयाँ पुस्ता निर्माणको सुरुवात थियो,’ अध्यक्ष बडालले भने ।

महोत्सवले देशप्रति विद्यार्थीको कर्तव्यबोध र शिक्षामा आमूल परिवर्तनका लागि एक अलग अभियानको थालनी गरेको उनले बताए ।

विद्यार्थी महोत्सवले एक ‘कल्चरल मुभमेन्ट’को थालनी गरेको बडालले बताए । उनले भने, ‘हामी लामो यात्रा तय गर्दैछौँ। आफैँलाई प्रश्न गर्दै, राज्यलाई प्रश्न गर्दै, आफैलाई परिमार्जन गर्दै र राज्यलाई परिवर्तनका लागि दबाब सिर्जना गर्दै ।’

संगठन स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा यो महोत्सव मंगलबारदेखि बिहीबारसम्म भएको थियो ।

महोत्सवमा हलो, जुवा परम्परागत कृषि औजारदेखि मौलिक पोशाक प्रदर्शनमा राखिएको थियो । महोत्सवमा देशभरका विद्यार्थीले आविष्कार गरेका उपकरण पनि प्रदर्शनमा राखिएको थियो । विद्यार्थीले बताएका चित्र तथा पेन्टिङ पनि प्रतियोगितामा राखिएको थियो ।

तीनदिने कार्यक्रममा विद्यार्थीका जिज्ञासा मेटाउन बुधबार टक शो र प्यालन डिस्कस कार्यक्रम पनि चलाइयो । जहाँ नेतादेखि पत्रकारसम्मले भाग लिए । महोत्सवमा सीप विकास, कला, साहित्य, मनोरञ्जनदेखि रोजगारी र विद्यार्थी आन्दोलनमा विभिन्न समयमा भूमिका निर्वाह गरेका शीर्ष नेतृत्वसँग विद्यार्थी आन्दोलनको भविष्यबारे छलफल र विमर्श भयो ।

महोत्सवमा एक सय ५० भन्दा बढी शैक्षिक स्टल राखिएको थियो । अध्यक्ष बडालले महोत्सवले विद्यार्थी आन्दोलनलाई शिक्षाको गुणस्तर, समानता, पहुँच विस्तार र रोजगारीसँग जोड्ने गरी अगाडि बढाउन प्रेरणा दिएको बताए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ८ : ०३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि