तीन दिने विद्यार्थी महोत्सव : आन्दोलनबाट उठेको छविलाई सिर्जनशील अभियानतिर लैजाने प्रयास « Khabarhub

तीन दिने विद्यार्थी महोत्सव : आन्दोलनबाट उठेको छविलाई सिर्जनशील अभियानतिर लैजाने प्रयास


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट अनेरास्ववियुले काठमाडौंमा तीन दिनसम्म आयोजना गरेको विद्यार्थी महोत्सव–२०८१ बिहीबार सकिएको छ ।

भृकुटीमण्डपमा चलेको उक्त महोत्सवमा देशभरका विद्यार्थीहरू सहभागी भए । विद्यार्थी वर्गमा राँके जुलुस र इँटा-ढुंगा बोकेर सडक आन्दोलन गर्ने संगठनको छविलाई परिवर्तन गर्दै नयाँ विचारधाराको रचनात्मक र सिर्जनशील विद्यार्थी संगठन निर्माणतिर लैजान बल दिएको आयोजकले जनाएको छ ।

अनेरास्ववियु अध्यक्ष समिक बडालका अनुसार यो महोत्सव १ लाख बढीले अवलोकन गर्ने अनुमान थियो । तर सोचेभन्दा धेरै सहभागी भएपछि आफूहरू उत्साहित भएको बडालले बताए ।

विद्यार्थी महोत्सव–२०८१ विद्यार्थी आन्दोलनको ‘प्याराडिज्म सिफ्ट’ को एक महत्वपूर्ण घटनाक्रम बनेर रहनेमा अध्यक्ष बडाल विश्वस्त छन् । महोत्सवमा विभिन्न विश्वविद्यालयको जानकारी राखिएको थियो । त्यस्तै लोकप्रिय ब्यान्डले सांगीतिक प्रस्तुत पनि दिए ।

‘विद्यार्थी आन्दोलनको जीवनमा एक नवीनतम प्रयोग थियो विद्यार्थी महोत्सव । देशमा केही गर्नुपर्दछ र केही गर्न सकिन्छ भन्ने आशा जगाउने अभियान थियो । ‘आई हेट पोलिटिक्स होइन, आई केयर पोलिटिक्स’ भन्ने नयाँ पुस्ता निर्माणको सुरुवात थियो,’ अध्यक्ष बडालले भने ।

महोत्सवले देशप्रति विद्यार्थीको कर्तव्यबोध र शिक्षामा आमूल परिवर्तनका लागि एक अलग अभियानको थालनी गरेको उनले बताए ।

विद्यार्थी महोत्सवले एक ‘कल्चरल मुभमेन्ट’को थालनी गरेको बडालले बताए । उनले भने, ‘हामी लामो यात्रा तय गर्दैछौँ। आफैँलाई प्रश्न गर्दै, राज्यलाई प्रश्न गर्दै, आफैलाई परिमार्जन गर्दै र राज्यलाई परिवर्तनका लागि दबाब सिर्जना गर्दै ।’

संगठन स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा यो महोत्सव मंगलबारदेखि बिहीबारसम्म भएको थियो ।

महोत्सवमा हलो, जुवा परम्परागत कृषि औजारदेखि मौलिक पोशाक प्रदर्शनमा राखिएको थियो । महोत्सवमा देशभरका विद्यार्थीले आविष्कार गरेका उपकरण पनि प्रदर्शनमा राखिएको थियो । विद्यार्थीले बताएका चित्र तथा पेन्टिङ पनि प्रतियोगितामा राखिएको थियो ।

तीनदिने कार्यक्रममा विद्यार्थीका जिज्ञासा मेटाउन बुधबार टक शो र प्यालन डिस्कस कार्यक्रम पनि चलाइयो । जहाँ नेतादेखि पत्रकारसम्मले भाग लिए । महोत्सवमा सीप विकास, कला, साहित्य, मनोरञ्जनदेखि रोजगारी र विद्यार्थी आन्दोलनमा विभिन्न समयमा भूमिका निर्वाह गरेका शीर्ष नेतृत्वसँग विद्यार्थी आन्दोलनको भविष्यबारे छलफल र विमर्श भयो ।

महोत्सवमा एक सय ५० भन्दा बढी शैक्षिक स्टल राखिएको थियो । अध्यक्ष बडालले महोत्सवले विद्यार्थी आन्दोलनलाई शिक्षाको गुणस्तर, समानता, पहुँच विस्तार र रोजगारीसँग जोड्ने गरी अगाडि बढाउन प्रेरणा दिएको बताए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ८ : ०३ बजे

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम– धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी– लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा