‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक « Khabarhub

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।

राम अविरल यो रोमान्टिक गीतको शब्द कोरेका हुन् । यसमा एसडी योगीको र नभिता पौडेलले रहेको छ । संगीत भने गायक योगी आफैँले भरेका हुन् ।

गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । जेठ २५ बाट यो फिल्म प्रदर्शनमा आउँदै छ । ट्राभल लभस्टोरीमा आधारित यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्य

सै फिल्मबाट निश्चल र गरिमाले ठूलो पर्दामा डेब्यू गरेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चलसहित गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यस फिल्म गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य बन्न लागेको हो । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ८ : ३४ बजे

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री