नेपाललाई चौथो सफलता : कप्तान पौडेलले लिए अर्को विकेट « Khabarhub

नेपाललाई चौथो सफलता : कप्तान पौडेलले लिए अर्को विकेट


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले चौथो विकेट हात पारेको छ । छैठौ ओभरमा बलिङ गर्न आएका कप्तान रोहित पौडेलले विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका हुन् ।

नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका थिए भने दोस्रो विकेट दोस्रो ओभरको तेस्रो बलमा दीपेनद्रसिंह ऐरीले लिएका थिए । तेस्रो विकेट सोमपाल कामीले पाँचौ ओभरको तेस्रो बलमा लिए । चौथो विकेट कप्तान पौडेलले छैटौं ओभरको तेस्रो बलमा लिएका हुन् ।

सोमपाल कामीले पहिलो बलमा बंगलादेशका तान्जिद हसनको विकेट लिए । सोमपालले आफ्नै बल आफै क्याच गरेर पहिलो बलमा विकेट लिएका हुन् । दोस्रो ओभर बलिङ गर्न आएका दीपेन्द्रले ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान नजमुल हुसेन शान्तोलाई आउट गरेका हुन् । ५ बलमा चार रन बनाएर खेल्दै गरेका कप्तान शान्तोलाई दीपेन्द्रले आउट गरेका हुन् ।

सोमपालले व्यक्तिगत दोस्रो विकेटको रुपमा लिटन दासलाई १२ बलमा १० रनमै आउट गरेका हुन् । चौथो विकेटको रुपमा कप्तान पौडेलले तौहिद हृदयलाई ७ बलमा ९ रन बनाउँदा आउट गरेका हुन् । पावरप्ले सकिँदा नेपालले बंगलादेशको चार विकेट लिएको हो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : ५२ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि