बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती « Khabarhub

बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो ।

बंगलादेशलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुईदुई विकेट हात पारे । बंगलादेशका दुई ब्याट्सम्यान रनआउट भए ।

बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए ।

रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले दुई चौका प्रहार गरे । रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

बंगलादेशका लागि जाकेर अलीले २६ बलमा १२ रन बनाए भने तास्किन अहमदले १२ र ओपनर लिट्टन दासले १० रन बनाए ।

सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेको खेलमा चार जना बलरले समान दुईदुई विकेट हात पारेका हुन् ।

४ ओभर बलिङ गर्दै सन्दीप लामिछानेले एक मेडेन राख्दै मात्र १७ रन खर्चिएर दुई विकेट लिएका हुन् ।

कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै दुई विकेट हात पार्दा २० रन खर्चिए । दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै दुई विकेट लिँदा २२ रन खर्चिए।

सोमपाल कामीले पहिलो बलमा विकेट लिँदै नेपालको आत्मबल बढाएका थिए । उनले ३ ओभर बलिङ गर्दै उनले १० रन दिएर २ विकेट लिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ५४ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।