राष्ट्रपति पौडेलको सम्मानमा बर्लिनमा स्वागत समारोह | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलको सम्मानमा बर्लिनमा स्वागत समारोह


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आइतबार स्वागत समारोह आयोजना गरेको छ ।

सो समारोहमा उनले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे ।

उनले जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन सबै नेपालीलाई आह्वान समेत गरे ।

राष्ट्रपति पौडेलले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे ।

उनले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा नेपालीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन्।

राष्ट्रपति पौडेल र उनका समकक्षी सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा. फ्र्याङ्क वाल्टर स्टाइनमेयरबीच आज औपचारिक भेटवार्ता हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ७ : ४३ बजे

खोटाङ प्रहरीको सक्रियता, फरार प्रतिवादी पक्राउ पर्दै

खोटाङ– जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ, अपराध नियन्त्रण तथा

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस भेटियो

एजेन्सी– गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस भेटिनु गहिरो चिन्ताको विषय

व्यापारीको स्वार्थमा फर्मान जारी गर्दा यसरी चिप्लिए ओली

काठमाडौं– देशका ठूला उद्योगी/व्यापारीले पचाउन खोजेको ८ अर्ब रुपैयाँभन्दा बढी

आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

काठमाडौं– नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन

त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ भारतीय टोली घटनास्थलमा

भैरहवा– गत शुक्रवार चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस