राष्ट्रपति पौडेलको सम्मानमा बर्लिनमा स्वागत समारोह « Khabarhub

राष्ट्रपति पौडेलको सम्मानमा बर्लिनमा स्वागत समारोह


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आइतबार स्वागत समारोह आयोजना गरेको छ ।

सो समारोहमा उनले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे ।

उनले जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन सबै नेपालीलाई आह्वान समेत गरे ।

राष्ट्रपति पौडेलले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे ।

उनले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा नेपालीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन्।

राष्ट्रपति पौडेल र उनका समकक्षी सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा. फ्र्याङ्क वाल्टर स्टाइनमेयरबीच आज औपचारिक भेटवार्ता हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ७ : ४३ बजे

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना