जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर « Khabarhub

जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका आठै स्थानीय तहमा पूर्वाधार विकासअन्तर्गत सडक निर्माण कमजोर देखिएका छन् ।  

महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९-८० मा जिल्लाका स्थानीय तहको सडक निर्माणको अवस्था कमजोर देखिएको हो। 

तिला गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत चार सडक र एक ग्राभेल सडक मात्र निर्माण गरेको छ । तिला गाउँपालिकाले सडक कालोपत्र र मर्मत नगरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

सिञ्जा गाउँपालिकाले दुई दशमलव पाँच प्रतिशत मात्रै सडक ग्राभेल गरेको छ । तातोपानी गाउँपालिकाले सडक ग्राभेल पाँच सय ६० मिटर र चन्दननाथ नगरपालिकाले दुईवटा सडक कालोपत्र र एकवटा सडक ग्राभेल गरेको छ ।

हिमा, पातारासी, कनकासुन्दरी र गुठीचौर गाउँपालिकाले पूर्वाधार विकास सडक निर्माणअन्तर्गत सडक कालोपत्र, सडक मर्मत र सडक ग्राभेल नगरेको प्रतिवेदनमा भनिएको छ ।

संघीय र प्रदेश सरकारबाट सीमित बजेट स्थानीय तहमा प्राप्त हुँदा पालिकाले सोचेअनुरूप पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्र र ग्राभेल गर्न नसकेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। पालिकाले विभिन्न ग्रामीण भेगसम्म सडक जोडेका छन्, तर स्तरोन्नति हुन सकेका छैनन् ।

तिला गाउँपालिका-६, ७, ८ र ९ वडामा अझै सडक पुग्न सकेको छैन । यी वडा पालिकाको सबैभन्दा विकट हुन् । भौगोलिक विकटताकै कारण यहाँ सडक पुर्‍याउन करोडौँ बजेट लाग्ने अनुमान गरिएको छ । 

पटकपटक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग माग गरे पनि सम्बोधन नगरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताएका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : ५० बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा