पुँजीगत खर्चमा सुध्रिएन सरकार, प्रतिदिन २ अर्ब बढी बर्खे खर्च गर्ने सम्भावना « Khabarhub

पुँजीगत खर्चमा सुध्रिएन सरकार, प्रतिदिन २ अर्ब बढी बर्खे खर्च गर्ने सम्भावना


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पुँजीगत शीर्षकमा गर्ने खर्चको प्रवृत्ति पुरानै अवस्थाको रहेको तथ्यांकले देखाएको छ । जसले गर्दा सरकारले चालु आर्थिक वर्ष(आव)को बाँकी रहेको अवधिमा दैनिक २ अर्ब भन्दा बढी खर्च गर्ने संकेत देखिएको छ ।

सरकारले चालु आवमा पुँजीगत खर्च शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रकम विनियोजन गरेको छ । जसमध्ये चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्म सो शीर्षकमा रहेको रकममध्ये जम्मा १ खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख अर्थात् जम्मा ४४.६८ प्रतिशत रकम मात्रै खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार विगतमा पनि सरकारले आवको ११ महिना अर्थात् जेठ मसान्तसम्म ४० प्रतिशत वरिपरि मात्रै खर्च गर्ने र बाँकी ३० दिनको अवधिमा त्यसलाई ६० प्रतिशत पुर्याउने गरेको देखिन्छ । जुन प्रवृत्ति लामो समयदेखि कायम रहेको पाइन्छ ।

त्यसैले सरकारले चालु आवको अन्तिम बर्खे महिना अर्थात् असारको ३० दिन अवधिमा पनि पुँजीगत शीर्षकमा दैनिक २ अर्ब बढी रकम खर्च गर्नसक्ने देखिएको छ । 

अघिल्लो आवको जेठ महिनासम्म पनि सरकारले पुँजीगत शीर्षकमा विनियोजित ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेटमध्ये जम्मा १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख अर्थात् ४०.२४ प्रतिशत मात्रै रकम खर्च गरेको थियो । 

जबकी सोही आवको बाँकी अवधि अर्थात् असार महिनामा मात्रै ८० अर्ब ६१ करोड १७ लाख खर्च गरेर ६१.४४ प्रतिशत पुर्याएको थियो । अर्थात् सरकारले अघिल्लो आवको असारमा दैनिक २ अर्ब ६० अर्ब भन्दा बढी रकम पुँजीगत शीर्षकमा खर्च गरेको थियो ।

त्यस्तै सरकारले आव ०७८-७९ का लागि पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोमा सो आवको जेठ मसान्तसम्म जम्मा १ खर्ब ३७ अर्ब ९६ करोड ३१ लाख अर्थात् ३६.४९ प्रतिशत रकम मात्रै खर्च गरेको थियो ।

त्यसपछि सो आबको बाँकी रहेको असार महिनाको बर्खे अवधिमा ३२ दिनमा दैनिक २ अर्ब ४५ करोड बढी खर्च गरेर २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख ५७.२३ प्रतिशत पुर्याएको थियो ।

आव ०७७-७८ मा पनि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रकम विनियोजन गरेकोमा सो आवको जेठ मसान्तसम्म १ खर्ब ४३ अर्ब ८ करोड ९४ लाख अर्थात् ४०.५४ प्रतिशत खर्च गरेको थियो ।

जबकी सोही आवको असार महिनामा प्रत्येक दिन धेरै रकम खर्च गरेर २ खर्ब २८ अर्ब ३० करोड ६ लाख अर्थात् ६४.६९ प्रतिशत पुँजीगत पुर्यायो ।

 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : २२ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा