बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड « Khabarhub

बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन आवश्यक रहेको बताएका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका काम-कारबाही समग्रमा सन्तोषजनक र राम्रो रहेको भन्दै अझै गति दिनुपर्ने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको पनि उनले बताए । उनले बजेटप्रति ओलीले पोखेको असन्तुष्टिमा सत्यता नभएको पनि बताए ।

ओलीले आगामी वर्षको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’ मात्रै गरेको दाबी दाहालले गरे ।

‘उहाँले असन्तुष्टि पोखेजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन। उथलपुथल गर्ने बेला भएको छैन। यो समीकरण जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने अफवाहहरूमा सत्यता छैन’, उनलभ ने ।

उनले जनता र राष्ट्रका पक्षमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको पनि बताए । प्रधानमन्त्री दाहालले बजेटबारे एमालेको पनि कुनै असन्तुष्टि नरहेको जिकिर गरे ।

दाहालले समीकरण राम्रैसँग अघि बढिरहेकाले अहिले नै उथलपुथल गर्ने समय नभएको बताएका छन् ।

‘अहिलेको समीकरण राम्रैसँग अगाडि जान्छ । उथलपुथल गर्ने बेला भएको छैन’, उनले पत्रकारहरूसँगको सवाल-जवाफका क्रममा भने ।

प्रधानमन्त्रीले तीनवटै सुरक्षा प्रमुखहरूसँग आफूले केही दिनअघि छलफल गरेको बताए । अहिले परिवर्तन नहुने भएकोले ढुक्कसँग काम गर्न भनेको पनि जानकारी उनले दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिबारे प्रधानमन्त्रीले त्यसलाई अनौठो नमानेको बताए । उनीहरूले सुरुदेखि नै यस बिषयमा बोलिरहेकाले अन्यथा नलिएको जवाफ दाहालले दिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर