अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु « Khabarhub

अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरबमा हजका क्रममा अत्याधिक गर्मीका कारण १४ जोर्डनका नागरिकको मृत्यु भएको छ ।

जोर्डनको विदेश मन्त्रालयले १४ नागरिकको अत्यधिक गर्मीका कारण गर्मीका कारण मृत्यु भएको र १७ जना बेपत्ता भएको बताएको छ जनाएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

इरानी रेड क्रिसेन्टले पाँचजना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ तर उनीहरुको मृत्यु कसरी भयो भन्ने बताएको छैन।

एक विज्ञप्तिमा, जोर्डनको विदेश मन्त्रालयले मृत्यु भएकाहरूको परिवारको इच्छा अनुसार मृत्यु भएकाहरूको शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोह मध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिइरहेका छन् ।

यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ, जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरै अनुष्ठानहरू मानिसहरू, विशेष गरी वृद्धवृद्धाहरूका लागि गाह्रो भएको छ ।

साउदी मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले गत हप्ता चेतावनी दिँदै यस वर्षको हजमा मक्का र मदिनाको औसत तापक्रम १.५ देखि २ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिएको छ ।

साउदी प्रेस एजेन्सीले माउन्ट अराफात नजिकैको एक उपचार केन्द्रमा मानिसहरूको स्वास्थ्य बिग्रेका २२५ घटनाहरू रेकर्ड गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : ५३ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले