सेनाको रिपुमर्दिनी पनि रित्तियो, उपत्यकाका सबैजसो पम्पले दिन छाडे इन्धन « Khabarhub

सेनाको रिपुमर्दिनी पनि रित्तियो, उपत्यकाका सबैजसो पम्पले दिन छाडे इन्धन


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पेट्रोल र डिजलको अभाव देखिएको छ । शनिबारदेखि ट्याकंर चालकहरू आन्दोलित भएर डिपोबाट तेल नउठाउँदा हाहाकार भएको हो ।

विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी मजदुरले गरेको आन्दोलनका कारण उपत्यकामा पेट्रोल डिजलको अभाव देखिएको हो ।

सोमबार मौज्दात रहेका पेट्रोलपम्पमा पेट्रोल-डिजल भर्नेहरूको लामो लाइन लागेको थियो । सेना, प्रहरी, सशस्त्र तथा साझा पम्पमासमेत उपभोक्ताको लामो लाइन थियो ।

सोमबार मध्यान्हपछि मौज्दात सकिएको भन्दै अधिकांश पेट्रोल पम्पहरू बन्द भएका छन् । भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि तेल सकिएको छ ।

पेट्रोलियम सकिएपछि छैन लेखिएको बोर्ड सेनाले झुन्ड्याइसकेको छ । सेनाको पम्प रित्तिएपछि त्यहाँ लाइनमा रहेका सयौँ उपभोक्तालाई समस्या भएको छ ।

शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थको अभाव भएको हो ।

सोमबार अधिकांश पम्प बन्द थिए । यस्तोमा नेपाली सेना, साझा, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पबाट मात्रै इन्धन वितरण भइरहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  २ : २६ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो