जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो | Khabarhub Khabarhub

जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.1k
Shares
  • change font
  • change font
  • change font

कोलकाता- भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपाईगुडीमा सोमबार बिहान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।नयाँ जलपाईगुडीमा कञ्चनजंघा एक्सप्रेसलाई एउटा मालगाडीले ठक्कर दिँदा कम्तीमा १५ यात्रुको मृत्यु भएको हो । यो घटनामा ३० यात्रु घाइते भएका छन् ।

मालगाडीले पछाडिबाट हानेपछि कञ्चनजंघा एक्सप्रेसका कम्तीमा दुईवटा बोगी पटरीबाट उछिटिएका थिए ।

‘दुर्घटनामा १५ यात्रुको मृत्यु भएको छ, २० देखि २५ जना घाइते भएका छन्। धेरैको अवस्था गम्भीर छ। एउटा मालगाडी र कन्चनजंघा एक्सप्रेसमा ठोक्किएपछि घटना भएको हो,’ दार्जीलिङ प्रहरीका अतिरिक्त एसपी अभिषेक रोयले भने।

यो दुर्घटना उत्तर बंगालको नयाँ जलपाईगुडी स्टेशनबाट करिब ११ किलोमिटर टाढा भएको हो ।

जुन पूर्वी र उत्तरपूर्वी भारतको उत्तरपूर्वी सिमानास्थित सबैभन्दा ठूलो र व्यस्त स्टेशनमध्ये एक हो। यो रेल अगरतलाबाट कोलकाताको सियालदह स्टेशन जाँदै थियो।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : ०६ बजे

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न

रुसको पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो पाँच हजार सैनिक

सियोल – उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न रुसमा