शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण « Khabarhub

शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गरिएको हो । 

बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित ‘युवासँग उपप्रमुख कार्यक्रम’मार्फत ६० समूहका पाँच सय ७५ किसानलाई कफीका बिरुवा वितरण गरिएको नगरका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए ।

शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको उनको भनाइ छ ।

प्रमुख पण्डितले यसअघि किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जालगायत जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्षदेखि कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा स्थानीयस्तरबाटै यचित मूल्यमा बजारीकरण गरिने बताएका छन्।

बाँदरलगायत जंगली वन्यजन्तुबाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफीखेतीको राम्रो सम्भावना रहेकाले आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्ने गरी तयारी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखरा र सहकारी संस्थाको साझेदारीमा २० हजार बिरुवाको नर्सरी निर्माण गरिएको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए।  

युवालाई स्वदेशमै सम्भावना देखाउने उद्देश्यले युवासँग उपप्रमुख कार्यक्रममार्फत उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको नगर उपप्रमुख खुमबहादुर विकले बताए । 

पछिल्लो समय युवापुस्तामा कफी पिउने संस्कृतिको विकास भएको दुलेगौँडामा सञ्चालित फिरफिरे कफी एण्ड डेरीका सञ्चालक राम गुरुङले बताए। अधिकांश युवापुस्ता चियाको साटो कफी पिउने रुचाउने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : २४ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका